Monday, November 2, 2015

प्रचण्डलाई पत्र लेखेर सम्बन्धविच्छेद गर्दैछन् बाबुराम समर्थक एमाओवादी नेता

प्रचण्डलाई पत्र लेखेर सम्बन्धविच्छेद गर्दैछन् बाबुराम समर्थक एमाओवादी नेता

बाबुराम
भट्टराईलाई समर्थन गर्ने एमाओवादी नेताहरूले आज पार्टी परित्याग गर्ने
भएका छन् । पार्टी त्याग गरेको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई
दिएर उनीहरुले पार्टी छाडेको घोषणा गर्ने तयारी गरेका छन् । हिजो भेला गरि
एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन ।


भट्टराई निवास सानेपामा हिजो दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा
गरेका हुन ्। नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि
मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता देवेन्द्र पौडेलले
जानकारी दिनुभयो । ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने
उहाँले बताउनुभयो ।


नेताहरू देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा,
वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार
पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन
दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण
शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुलीलगायत अलग हुने
तयारीमा छन् ।

- See more at:
http://dainikpost.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a5%87%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae/#sthash.fWTpZjWI.dpuf

No comments:

Post a Comment

Thank you very much for comments.

regards,
DBChhangchha,
http://chhangchha.com

Follow Us

Followers

Archive